दाङ, २२ जेठ । स्लाम धर्मावम्बीहरुको आज परेको महान पर्व इदको अवसरमा सभामुख कृष्णबहादुर महराले शुभकामना दिएका छन् ।
शुभकामनामा भनिएको छ, ‘महराले ईदुल फित्रको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त मुस्लिम समुदायका आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना एवं ‘ईद मुवारक’ व्यक्त गर्दछु ।’











