सल्यान, १३ जेठ । घरायसी कपडाको प्रयोग गर्दा निम्तीने स्वास्थ्य समस्या र बजारमा पाइने प्याड प्रयोगमा हुने खर्च कटौतीका लागि सल्यानको कपुरकोट गाउँपालिकाले महिलाहरुलाई प्याड बनाउन सिकाएको छ ।
६ वटै वडाबाट २५ जना महिला सूचीकारहरुलाई छनौट गरेर गाउँपालिकाले सुआहारा सल्यान संगको सहकार्यमा दुई दिने स्यानेटरी प्याड बनाउने तालिम प्रदान गरेको हो ।
आइतबार र सोमबार भएको तालिममा कपडाको प्याड बनाउन सिकेको कपुरकोट ६ सिनवाङ सल्यानकी भुमिसरा साहुले जनाइन् । उनले भनिन्, ‘अव बजारमा प्याड किन्नका लागी हुने खर्च जोगिने भएको छ । आफै प्याड निर्माण गरेर प्रयोग गर्छु र अरुलाइ समेत विक्रि गर्नेगरी उत्पादन गर्छु ।’











