काठमाडौँ, ५ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय तहका जनप्रतिनिधिले जनताको मन जितेर काम गर्न आग्रह गरेका छन् ।
ललितपुर महानगरपालिका वडा नं २६ कार्यालयको नवर्निर्मित भवनको आज ढोलाहिटीमा उद्घाटन गर्दै प्रचण्डले जनप्रतिनिधिले जनतालाई राम्रो सेवासुविधा दियौँ भन्ने प्रमाणित गर्नु आवश्यकता औल्याए ।
केन्द्रीकृत संरचनामा रहेको सिंहदरबारबाट जनताले सेवा लिन नसकेको ठानी तीन तहको सरकार बनाएको स्मरण गर्दै दाहालले बजेट र पूर्वाधारको अभावले धेरै स्थानीय तहमा जनअपेक्षित सेवा प्रदान गर्न नसके पनि अब भने जनपक्षीय काममा केन्द्रित हुन आग्रह गरे ।











