काठमाडौं । सभामुख कृष्णबहादुर महराले शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीलाई सम्मान गरे । नेपाल ललितकला पत्रकार समाजले नेपाल कला परिषद् काठमाडौंमा आयोजना गरेको विशेष समारोहमा सभामुख महराले जोशीलाई सम्मान गरेका हुन् ।
आयोजक ललितकला पत्रकार समाजले पत्रकारितामार्फत् कलासंस्कृति र इतिहासको क्षेत्रमा विशिष्ट योगदान पु¥याएको भन्दै जोशीलाई ताम्रपत्रसहित सोफाज पत्रकारिता सम्मान गरेको थियो ।
सो अवसरमा सभामुख महराले शताब्दी पुरुष जोशीले कला, संस्कृति र साहित्यका क्षेत्रमा गरेको योगदान, अध्ययन, अनुसन्धानको प्रशंसा गरे ।











