हुम्ला, २२ वैशाख । ड्यटीमा बसेका एक जना प्रहरी हवल्दारको हृदयघातको कारण मृत्यु भएको छ ।
शनिबार बिहान बिहान साढे नौ बजे बर्दी सहित ड्युटीमा बसेका बेला एक्कासी बेहोस भएर लडेका दैलेख जिल्ला नारायण नगरपालिका वडा नम्बर एक घर भई हाल जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३२ वर्षका हवल्दार चन्द्र बहादुर खड्काको ११ २० मा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
मुटु तथा प्रेशरका बिरामी खड्का कुराकानी गर्दा गर्दै लडेको र लगत्तै अस्पताल लिएर नेपालगंज लग्ने प्रयास गर्दा गर्दै मृत्यु भएको प्रहरी नायव उपरीक्षक राम प्रसाद घर्तीमगरले बताए ।
आठ वर्षिया छोरा र श्रीमति भएका खड्का हुम्ला जिल्ला प्रहरी कार्यालयमा विगत एघार महिना देखि कार्यरत रहदै आउनु भएको र गत मंसीरमा मात्र सिपाहीबाट हवल्दारमा बढुवा भएका थिए ।











