काठमाडौं, १२ बैशाख । ठूला करदाता कार्यालयबाट बढी कर निर्धारण गरिएको भन्दै एनसीएलले सर्वोच्च अदालतमा दायर भएको रीट निवेदनमाथि बहस शुरु भएको छ ।
बिहीवार न्यायाधीश बम कुमार श्रेष्ठको एकल इजलासमा उक्त रीट निवेदनमाथि बहस शुरु भएको हो । अहिले वरिष्ठ अधिवक्ता शम्भु थापाले एनसेलका तर्फबाट बहस गरिरहेका छन् ।
ठूला करदाता कार्यालयले वैशाख ३ गते एनसेलले तिर्न बाँकी रहेको लाभकर बापत ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रुपैयाँ ७१ पैसा सात दिनभित्र बुझाउन भन्दै पत्र लेखेको थियो ।
एनसेलले भने आफूले १४ अर्ब ३६ करोड ५३ लाख ७० हजार ६०० रुपैयाँ मात्रै तिरे पुग्ने दाबी गर्दै वैशाख ९ गते सर्वोच्चमा रीट निवेदन दायर गरेको हो ।











