बिमल योगी
दाङ, १८ चैत । परम्परागत कृिष पेशालाई आधुनिकिकरण गर्न सकेमा मनग्य आम्दानी गर्न सकिने वक्ताहरुले बताएका छन् ।

kirshiघोराही उपमहानगरपालिका वडा नम्वर ७ को आयोजनामा डवरगाउँमा सञ्चालित कृषि सचेतना तालिम समापन कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन ।

कृषि पेशालाई व्यावसायीकरण र मर्यादित बनाउन आधुनिक बिउ बिजन तथा मेसिनरी सामाग्री प्रयोग गर्नुपर्ने उनीहरुको जोड थियो । वडाका जेष्ठ सदस्य छन्दबहादुर केसीको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा प्रशिक्षक कमल रेग्मी, वडा सदस्य गोमा नेपाली, वडा सचिव चन्द्रबहादुर केसी,सहभागी हिमलाल महरा, शान्ता चौधरी लगायतले बोलेका थिए ।