इन्द्रेणी संवाददाता
दाङ, १६ चैत । नेपाल पत्रकार महासंघ दाङशाखाले पनि नेपाल पत्रकार महासंघको ६४ औं स्थापना दिवस विविध कार्यक्रमको आयोजना गरी मनाएको छ ।
आज विहान महासंघमा पत्रकारहरुको निःशुल्क आँखा तथा स्वास्थ्य जाँच कार्यक्रम सम्पन्न भएको छ । गोरखा हस्पिटलको सहयोगमा पत्रकारहरुको आँखा तथा रक्तचाप जाँच गरिएको थियो । शिविरमा ६० भन्दा बढीले आँखा तथा स्वस्थ्य जाँच गराएका थिए ।
सो अवसरमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, प्रेस स्वतन्त्रता सेनानी सुशील गौतमलगायतले बोलेका थिए । स्थापना दिवसकै अवसरमा पत्रकारहरुबीच मैत्रीपूर्ण भुटवल प्रतियोगिता पनि आयोजना गरियो । जसमा रेडियो तथा टिलिभिजनको समूह विजयी भएको छ ।
पत्रपत्रिकाको समूहलाई शून्यका विरुध १ गोल गरेर रेडियो तथा टिलिभिजनको समूह प्रथम भएको हो । द्धितीय पत्रपत्रिकाको समूह भएको थियो । प्रतियोगितामा प्रदेश नम्बर ५ को खेल समूह, अनलाइनहरुको समूहले पनि खेल खेलेको थियो ।
त्यसैगरी स्थापना दिवसकै अवसरमा सञ्चालन गरिएको महिला पत्रकार घैटो फोर प्रतियोगितामा नारायणी रजौरे प्रथम भएकी छन् । त्यस्तै महिला कुर्सी दौड प्रतियोगितामा प्रथम अञ्जना चौधरी, द्धितीय निरला अर्याल र तृतीय अमिला चौधरी भएकी छन् ।











