काठमाडौंँ, १६ चैत । कानुन व्यवसायीको छाता सङ्गठन नेपाल बार एसोसिएसनमा नयाँ नेतृत्वको लागि शनिबार मतदान हुँदैछ ।
विधिको शासन र मानव अधिकारको रक्षा गर्दै लोकतन्त्र प्रवद्र्धन गर्न महत्वपूर्ण योगदान पु¥याउँदै आएको नेपाल बारले मतदानबाट आफ्नो तीन वर्षे कार्यकालको लागि नयाँ नेतृत्व निर्वाचित गर्दैछ ।
नेपाल बारको निर्वाचन समितिले निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । देशभरिमा कुल १० हजार ३१३ मतदाता रहेको बार एसोसिएसनमा काठमाडौँ उपत्यका भित्र छ हजार पाँच सय र बाहिर तीन हजार ८१३ जना सदस्य छन् । मतदान जिल्लाका शाखा शाखामा हुने गर्दछ ।











