शरद रेग्मी
दाङ, १५ चैत । नीजि विद्यालयका शिक्षक शिक्षिकाहरुका लागि आयोजित ५ दिने आधारभूत तह तालिमको आज एक कार्यक्रमका विच समापन गरिएको छ । शैक्षिक तालिम केन्द्र तुलसिपुरको आयोजना तथा एन प्याव्सन दाङको व्यवस्थापनमा भएको तालिमको आज समापन गरिएको हो ।
शैक्षिक तालिम केन्द्र तुलसिपुरका प्रमुख उत्तम खनालको अध्यक्षता , एन प्याव्सन दाङका अध्यक्ष भिमबहादुर वुढाथोकीको प्रमुख आतित्थ्यता एवम ज्ञान ज्योति फाउन्डेसनका सिओ सुरेन्द्र जिसिको विशिष्ट आतित्थ्यतामा भएको तालिम समापन कार्यक्रममा वोल्ने वक्ताहरुले तालिममा िसकेका सिपहरुलाई व्यवहारमा उतार्ण आग्रह गरेका थिए ।











