इन्द्रेणी संवाददाता
दाङ, १५ चैत । अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने कार्यमा संलग्न तीन वटा सवारीका साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

khola-ko-baluwa-dhungaलमही ८ गिधिनियास्थित राप्ती नदीमा गए राति पौने ४ बजेतिर नदीजन्य पदार्थ उत्खनन् गर्दै गर्दा ती सवारीका साधनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक विनोद विक्रम शाहले जानकारी दिएका छन् ।

यसरी नियन्त्रणमा हुने सवारी साधनमा रा १ ख ३५२ नंम्बरको जेसीभी, ना ७ ख ७३६३ र रा १ ख १५५९ नंम्बरको टिप्पर रहेका छन् । नियन्त्रणमा रहेका सवारी साधानको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।