केशरमान बुढाथोकी
देशभरका ७ प्रदेशमा ७ वटा नमुना प्राबिधिक शिक्षालय बनाउने सरकारको नीति अनुसार प्रदेश नम्बर ५ को नमुना बहुप्राविधिक शिक्षालय शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयलाई बनाउने निर्णय भएको छ ।
बिहिबार बसेको सिटिइभिटीको पदाधिकारी बैठाकले उक्त निर्णय गरेको शिक्षामन्त्रीका प्रमुख सल्लाहकार जीवन गौतमले जानकारी दिए । शिक्षामन्त्रीका प्रमुख सल्लाहकार जीवन गौतको पहलमा दाङमा स्थापित उक्त शिक्षालयलाई नमुना प्राविधिक शिक्षालय बनाउन सल्लाहकार गौतमले उच्च पहल गरेका थिए ।
सरकारी नमुना शिक्षालय भए संगै शहीद कृष्णसेन इच्छुक बहुप्राबिधिक शिक्षालयमा अब प्राबिधिक तथा ब्याबसायीक तालिम परिषद सिटिइभिटीका छोटो तथा लामो अवधिका विभिन्न कक्षाहरु नियमित संचालन हुने शिक्षालयका प्रमुख यादव सुवेधीले जानकारी दिए ।
नेपाल सरकारबाट सिटिइभिटीको आंगिक कलेजको रुपमा यसै बर्ष स्वीकृती पाएको कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयमा हाल फरेष्ट्री र फुट एण्ड डेरी बिषयको डिप्लोमा तह र विभिन्न छोटो अबधिका तालिमहरु संचालनमा आएका छन् ।











