इन्द्रेणी संवाददाता
दाङ, १२ चैत । घोराही उपमहानगरपालिकाले यहाँका आठ जना पशुपालक किसानलाई विद्युतिय घाँस काट्ने मेसिन प्रदान गरेको छ । उपमहानगरपालिकाले ५० प्रतिशत अनुदानमा ती मेसिन किसानलाई उपलव्ध गराएको हो ।

photआज एक कार्यक्रम गरी उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले उपमहानगरपालिका वडा नं. २ का रेवतीप्रसाद घिमिरे, वडा नं. ६ का थुरेन्द्रबहादुर वली, खिमबहादुर चौधरी, वडा नं. ८ का जगतबहादुर बुढाथोकी, वडा नं. ९ का जीवराज केसी, वडा नं. १० का पुस्कर भटराई, वडा नं. ११ का मोहन देवकोटा र वडा नं. १८ का हेमन्त खड्कालाई एक÷एक थान मेसिन प्रदान हस्तान्तरण गरे ।