काठमाडौं, २९ माघ । नेपाल विद्यार्थी संघ (नेविसंघ) को तदर्थ समिति गठनका लागि मार्गप्रशस्त गर्ने भन्दै नेपाली काँग्रेसको भ्रातृ संगठन अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिएका छन् ।

nainsingसोमबार काँग्रेस केन्द्रिय कार्यालय सानेपामा जारी समितिको बैठकमा पुगेर महरले सभापति शेरबहादुर देउवालाई राजिनामा बुझाएका हुन् ।
महर नेतृत्वमा रहेको नेविसंघको गत भदौ २ मा नै म्याद सकिएको थियो ।

कांग्रेसले चौथो पटकसम्म म्याद थप गरेर गत १० माघसम्म महाधिवेशन गर्न भन्दै समय दिएको थियो । पार्टीले तदर्थ समिति गठनका लागि मार्गप्रशस्त गर्न राजीनामाका लागि दवाव समेत दिदै आएको थियो ।