इन्द्रेणी संवाददाता
दाङ, २० माघ । दाङमा प्रहरीले घरेलु हातहतियार बनाउने समाग्रीसहित पक्राउ गरेको छ ।
राजपुर गाउँपालिका ७ भौवानाका वस्ने ५९ वर्षका जितबहादुर बुढाको घरवाट भरुवा बन्दुक थान ५, १२ थान बोर राइफल, एक एयरगन राइफल, ३ कटुवा पेस्तोल एक रिभल्वर, एक सानो हतियारको नाल (मजल), १२ ठुलो हतियारको नाल २९ थानसहित हातहतियार वनाउन प्रयोग गरिने निम्न सामाग्री समेत वरामद गरेको छ ।
उनलाई प्रहरीले ती सामग्रीसहित बुढालाई पक्राउ गरेको हो । बुढालाई थप अनुसन्धानको लागी इलाका प्रहरी कार्यालय गढवामा राखिएको छ ।











