काठमाडौं, २० माघ । वन तथा वाताबरण मन्त्री शक्ति बस्नेतकी भतिजी बबिता बस्नेत मृत फेला परेकी छिन् । उनी आइतबार वेस्टार अपार्टमेन्टको आफ्नै फ्ल्याटमा मृत फेला परेकी हुन् ।
ललितपुर प्रहरीका अनुसार उनलाई सलको पासो लगाएको अवस्थामा फेला पारिएको हो । आइतबार बिहान १० बजेसम्म पनि बबिता नउठेपछि उनकी नन्दले प्रहरीलाई खबर गरेकी थिइन् ।
बबिता मन्त्री बस्नेतका दाजु ललित बहादुर बस्नेतकी छोरी हुन् भने पत्रकार तथा उर्जा मन्त्री वर्षमान पुनका प्रेस सल्लाहाकार रोशन खड्काकी श्रीमती समेत हुन् । बबिताको मृत्यु शंकास्पद रहेको भन्दै अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











