दाङ, २० माघ । सभामुख कृष्णबहादुर महराले चिकित्सा शिक्षा विधेयकलाई लिएर आन्दोलन गर्नु गलत भएको बताएका छन् ।

mahara2रिपोर्टस् क्लब दाङले आज तुलसीपुरको टरिगाउँ बिमानस्थलमा गरेको पत्रकार सम्मेलनमा उनले प्रक्रिया पु¥याएर पारित भएको विधेयकलाई आन्दोलनको विषय बनाउनु सही मान्न नसकिने बताएका हुन् ।

प्रतिपक्षको सहमतिमा समितिमा प्रयाप्त छलफल भएर पारित भएको विधेयक संसदमा पनि असहमति जनाएको भए पुग्नेमा संदनमै अबरोध गराउन खोज्नु गतल भएको महराको भनाइ थियो ।