बझाङ, १४ माघ । बझाङका एक बालक हराएको ३४ दिन पछि मृत अवस्थामा फेला परेका छन् ।

balaपुस ९ गते सोमबार घरबाट बेपत्ता भएका खप्तड छान्ना गाँउपालिका–६, पुजारीगाँउका तेज बहादुर खड्काका १४ वर्षिय छोरा शक्ति खड्का आइतबार मृत फेला परेका हुन् ।

घरबाट बेपत्ता भएको ३४ दिन पछि तमैल बजार नजिकै मृत अवस्थामा बालकलाई फेला पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनी सुस्तमनस्थितिका रहेको बताइएको छ ।