रुकुम, २९ पुस । रुकुमको सिस्ने गाउँपालिका–६ की ३० वर्षीया रेनुका केसी शाह र उनका २० महिने नाबालक छोरा एटियम जङ्गलमा मृत फेला परेका छन् । शनिवार उनीहरु जंगलमा मृत परेको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) ले जनाएको छ ।
उनी पुस २६ गते औषधि गर्न नेपालगञ्ज जाने भन्दै घरबाट निस्कएएकी थिइन् । घरदेखि तीन किलोमिटर टाढाको उदीनढुङ्गा भन्ने जङ्गलमा छोरा झुन्डिएको र आमा भुइँमा लडेको अवस्थामा फेला परेको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाले बताए ।











