इन्द्रेणी संवावददाता
दाङ, २९ पुस । दाङमा कुवामा डुवेर एक जना महिलाको ज्यान गएको छ ।
घोराही उपमहानगरपालिका १८ मसिना नौलो टोलकी ५० बर्षीया जुगानी चौधरीको कुवामा डुवेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । शनिवारका दिन नुहाउनका लागि गएकी चौधरीको कुवामा खसेर मृत्यु भएको हो ।











