तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ३ ले महिलाहरुलाई आयआर्जनतर्फ उन्मुख गराउनका लागि सिलाई मेसिन वितरण गरेको छ । महिलाहरुलाई स्वरोजगार वनाउनका लागि मेसिन प्रदान गरिएको वडाध्यक्ष विरवहादुर विकले वताए । उनले महिला लक्षित कार्यक्रम अन्तर्गत सिलाई मेसिन प्रदान गरिएको पनि जानकारी दिए ।
‘महिलाहरुलाई सीप सिकाएर उनीहरुलाई आत्मनिर्भर वनाउने हाम्रो लक्ष्य हो’ अध्यक्ष विकले वताए । मेसिन हस्तान्तरण कार्यक्रममा वोल्दै महिलाहरुले मेसिनका माध्यमबाट आयआर्जनको पाटोलाई वलियो वनाउने प्रतिवद्धता व्यक्त गरेका थिए । उनीहरुले वडाले गरेको सहयोग प्रति आभार समेत व्यक्त गरेका थिए ।
कार्यक्रममा महिलाहरुलाई मेसिन हस्तान्तरण गर्दै तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले आर्थिक विकासका लागि महिलाहरु पनि अग्रसर हुनुपर्ने वताए । उनले महिलाहरु पनि आर्थिक विकासका लागि अगाडि वढ्नुपर्ने आवश्यकता रहेको वताउँदै आयआर्जनको बाटोमा लगाउनका लागि जुनसुकै काम गर्न पनि उपमहानगरपालिका तयार रहेको वताए ।
‘तपाईहरुले काम गर्ने जाँगर वनाउनुहोस् हामी सहयोग गर्न तयार छौ’ नगर प्रमुख पाण्डेले वताए । उनले साधन स्रोत भएर मात्रै विकास नहुने वताउँदै त्यसको उचित प्रयोगमा सबैले ध्यान दिनुपर्ने वताए ।
वडाभित्रका ३ महिला समु्हलाई मेसिन प्रदान गरिएको हो । सो अवसरमा सृजनशिल कृषि महिला समुह गहतेलाई ३ वटा, सृजनशिल महिला समुह भट्टेलाई ५ वटाका साथै प्रगतिशिल महिला समुह प्रतापकोट नाउलालाई ३ वटा मेसिन प्रदान गरिएको छ । महिलाहरुले मेसिनबाट सिलाई कटाइ सिक्नुका साथै व्यवसाय पनि सञ्चालन गर्न सक्ने महिला सदस्य छवि खरालले वताईन् ।
उनले महिला लक्षित कार्यक्रम अन्तर्गत वडाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको पनि जानकारी दिइन् । कार्यक्रममा सहयोगी आमा समुहकी अध्यक्ष शोभा पुन र पूर्व वडाध्यक्ष लिलाधर खरेल लगायतले मन्तव्य राखेका थिए ।











