इन्द्रेणी संवाददाता
दाङ, १७ पुस । दाङको घोराहीमा रहेको राप्ती उपक्षेत्रीय अस्पताललाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाएपछि विरामीबाट लिइने सेवा शुल्कलाई बृद्धि गरिएको छ ।
तत्कालिन राप्ती उपक्षेत्रीय अस्पतालले निःशुल्क रुपमा विरामीलाई प्रदान गर्दै आएको वेडको शुल्क अहिले प्रतिदिन २ सय २० रुपैयाँ कायम गरिएको छ ।
त्यसैगरी पहिले २५ मा हुने ओपिडी सेवा शुल्क १ सय पु¥षइएको छ भने ३० हुने इमर्जेन्सी सेवा २ सय पु¥याएको छ । त्यस्तै पहिलो सुत्केरी सुबिधा निःशुल्क भए पनि अब प्रतिष्ठानलेसामान्य सुत्केरी ३ हजार, जटिल सुत्केरी ५ हजार र अप्रेसन गर्नु परेमा १२ हजार शुल्क तोकेको छ । त्यस्तै पहिलो भिडियो एक्सरेको शुल्क भएकोमा अहिले ६ सय, शल्लिक्रियाको ५ हजारबाट १२ हजार, मध्येम शल्लिक्रियाको १५ सयबाट ६ हजार ५ सय, माइनर अप्रेसनका एक हजारबाट २ हजार ५ सय, ल्याप सर्जरी वाफत १५ हजार, जनरल एनेस्थेसियाको ३५ सय रस्पाइनल एनेस्थेसिया बाफत २५ सय लाग्ने भएको छ ।
प्रतिष्ठानको यो शुल्क बृद्धिले तत्कालिन राप्ती उपक्षेत्रीय अस्पताल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान भएको खुशी भएका आम दाङवासी एवं सेवा ग्राहीहरु निराश भएका छन् । बृद्धि भएको यो शुल्कले अब प्रतिष्ठानमा सरकारी सुविधा नभएको अनुभूति भएको सेवा ग्राहीहरु बताउछन् ।











