इन्द्रेणी संवाददाता
दाङ, १६ पुस । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले घोषणा गरेको चर्काे सेवा शुल्कको राष्ट्रिय जनमोर्चा दाङले विरोध गरेको छ । मार्चाले प्रतिस्ठानमा तात्कालिक राप्ती उपक्षेत्रीय अस्पतालले दिदै आएको सेबा सुबिधाको कटौती र शुल्क वृद्धिको बिरोध गरेको हो ।

ganeshजिल्ला समिति दाङ देउखुरीका अध्यक्ष गणेश आचार्यले जारी गरेको बिज्ञप्तिमा प्रतिस्ठानले पाइरहेका सेबा सुबिधाको कटौती गर्ने र चर्काे शुल्क लिने कुरामा ध्यानाकर्षण भएको बताइएको छ ।

‘अहिले सम्म पाइआएका सेबा सुबिधालाई निरन्तरता दिने र सेबा सुबिधा कटौती होइन अरु वृद्धि गरी जनतालाई उपचारको सहज बाताबरण बनाउन र शुल्क बृृद्धि नगर्न ध्यानाकर्षण गराउन चाहान्छौ’ बिज्ञप्तिमा भनिएको छ ।