काठमाडौं, १४ पुस । संघीय संसद्को सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भाली आइतबार बोलाएको छ । शुक्रबार बसेको समिति बैठकले जबरामाथि परेको उजुरीको विषयमा छलफल गर्न आइतबार उनलाई बोलाएको हो ।
संवैधानिक परिषद्ले नाम सिफारिस गरेपछि सुनुवाइ समितिले जबराविरुद्ध उजुरी माग गरेको थियो । सुनुवाइ समितिमा उनीविरुद्ध नौवटा उजुरी परेको छ । समितिले शुक्रबारको बैठकमा उजुरीकर्तासँग छलफल गरेको थियो । समितिमा परेका व्यक्तिगत ८ र एक सैद्धान्तिक उजुरीसहित सांसदसँग सवाल–जवाफ गरिने छ ।











