इन्द्रेणी संवाददाता
दाङ, ११ पुस । घोराही उपमहानगरपालिका वडा नं. २ स्थित गौरी ववई प्राथमिक विद्यालय निमुरियाका बालकालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको छ । लमही नगरपालिका वडा नं. ५ का राकेशकुमार श्रेष्ठ र उनकी श्रीमती कमलेश श्रेष्ठले विद्यालयका एक सय ७३ बालबालिकालाई न्यानो कपडा (स्वीटर) र शैक्षिक समाग्री वितरण गरेका हुन् ।
बुधवार विद्यालयमै आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि वडा सदस्य गिरबहादुर केसी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद डिसी, राकेशकुमार श्रेष्ठ र उनकी श्रीमती कमलेश श्रेष्ठलगायतले विद्यार्थीहरुलाई न्यानो कपडा र शैक्षिक समाग्री वितरण गरेका थिए ।
सो अवसरमा बोल्दै राकेशकुमार श्रेष्ठले आफू हुर्केको ठाउँको स्कुल भएकाले केही गर्नुपर्छ भन्ने उद्देश्यका साथ आफूले स्कूले बालबालिकाहरुलाई स्वीटर र शैक्षिक समाग्री प्रदान गरेको जानकारी दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद डिसीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न व्यक्तिहरुले आफ्ना विचार राखेका थिए भने सहजीकरण प्रधानध्यापक भेषा अधिकारीले गरेकी थिइन् । अतिथिहरुलाई स्वागत शिक्षिका मञ्जु महरा केसीले गरेकी थिइन् ।











