सल्यान, १० पुस । २३ जनाको ज्यान जाने गरी भएको दुर्घटनास्थल दाङ तुलसिपुर उपमहानगरपालिका ३ राम्रीमा विश्वकर्मा बाबाको मन्दिर निर्माण गरिने भएको छ ।

ramri acdentराप्ती लोकमार्ग अन्तर्गत दाङ-सल्यान सडकखण्डको त्यस क्षेत्रमा सवारी दुर्घटना भई ठूलो मात्रामा जनधनको क्षति भएको र अझै दुर्घटनाको क्रम नरोकिएकाले मृतआत्माको शान्तिका लागि मन्दिर निर्माण गरेर पूजाआजा गर्ने भन्दै मन्दिर निर्माण कार्य सुरु गर्न लागीएको हो ।

डीएल डान्स एकाडेमी तुलसिपुर दाङले मन्दिर निर्माणका लागी पहल शुरु गरेको जनाएको छ । क्लवका अध्यक्ष द्रोण आचार्यले एकाडेमीको कोषमा रहेको केहि रकमबाट विश्वकर्मा बाबाको मन्दिर निर्माण कार्य यसै हप्तादेखि शुरु गरिने जानकारी गराए । घोराहीको कृष्णसेन इच्छुक स्मृति बहुप्राविधिक शिक्षालयका शिक्षक तथा विद्यार्थी चढेको गाडी गत शुक्रबार दुर्घटना भएको थियो ।