दाङ, ९ पुस । दाङको घोराहीमा बस र स्कुटर आपसमा ठोकिदा एक जनाको घटनास्थलमै मृत्यु भएपछि बजार तनावग्रस्त भएको छ । दुर्घटना पछि सिर्जना भएको तनाबलाई नियन्त्रण लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

accdet busमृतकका आफन्तले शव उठाउन नदिएपछि सिर्जना भएको तनाबलाई नियन्त्रण गर्न अश्रुग्यास प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको । अहिले विरोधमा पीडितका आफन्तले घोराही बजार बन्द गराएका छन् । आफन्तहरुले बजारमा नारा जुलुश गरिरहेको छन् ।

आज विहान घोराहीको बसपार्क जाँदै गरेको रा ३ प १९७४ नम्बरको स्कुटर र बसपार्कबाट तुलसीपुर चोकतर्फ आउँदै गरेको लु २ छ १६०२ नम्बरको बस घोराहीको लखनपार्क नजिकै ठोकिदा स्कुटर चालक घोराही १८ का २९ बर्षिय मेघराज पुनको घटना स्थलमै ज्यान गएको थियो भने सोही ठाउँका महेश बुढा गम्भीर घाइते भएका छन् ।