इन्द्रेणी संवाददाता
दाङ, ६ पुस । पाँच वर्ष पहिले देउखुरीको सदवरियामा स्थापना भएको राप्ती ग्यास उद्योग प्रालीले नेपाल गुणस्तर चिन्ह प्राप्त गरेको छ । उद्योगले मंसिर १० गते नेपाल गुणस्तर (एनं.एस.) चिन्हको प्रमाणपत्र पाएको हो ।
उद्योगले शुक्रवार घोराहीमा पत्रकार सम्मेलन गरेर गुणस्तर चिन्ह प्राप्त गरेको सन्दर्भमा जानकारी गराएको छ । पत्रकार सम्मेलनमा उद्योगको यो सफलताले उपभोक्ताहरुमा अझ ढुक्क भएर राप्ती ग्यासको प्रयोग गर्न सक्ने वाताबरण सृजना गरेको उद्योगका प्रबन्ध निर्देशक खड्गबहादुर बुढाथोकीले बताए । उद्योगले हालसम्म ३५ हजार सिलिण्डर उपभोक्ताहरु समक्ष वितरण गर्दै आएको छ ।











