विमल योगी
दाङ, ३ पुस । कर्मचारी समायोजन बिद्ययकले आफुहरुको माग नसमेटिएको भन्दै दाङ लगायत देशभरका कर्मचारीहरु आन्दोलित भएका छन ।

48379728_1597974370347526_7755180961850982400_oबिगत द्धन्द्ध र जनप्रतिनिधि नभएको अवस्थामा आफ्नो ज्यान बाजी राखेर काम गरेका कर्मचारीलाई प्रोत्साहन गर्नुको साटो हतोत्साहीत गर्ने गरी आएको बिद्ययकको बिरोधमा आन्दोलन थालिएको हो । स्थानीय तह ट्रेड युनियन संयुक्त आन्दोलन परिचालन समितिको आव्हानमा आज मंगलवार स्थानीय तहको कामकाज दुई घण्टा ठप्प पारिएको हो ।

साविक जिविस, नगरपालिका तथा गा.वि.स.मा कार्यरत अस्थायी, करार,ज्यालादारी, सामाजिक परिचालक लगायतको पेशाको सुनिश्चिततासंगै स्थायीत्व हुनुपर्ने, साविक स्थानीय निकायमा श्रेणीविहिन अवस्थामा रहेका कर्मचारीको स्तरबृद्धि तथा सवै तहको बढुवालगायत बृत्ति विकास तत्काल गर्नुपर्ने, स्थानीय सेवामा समायोजन हुने सवै कर्मचारीहरुलाई समान व्यवहार गर्न साविक स्थानिय निकायमा कर्मचारीको समकक्षता निर्धारण गरी समायोजन गर्नुपर्ने,काठमाण्डौ लगायत देशभरका बिभिन्न नगरपालिका तथा गाँउपालिकामा फोहोरमैला तथा सरसफाईमा कार्यरत कर्मचारीहरुको पेशागत सुनिश्चितता हुनुपर्नेलगायतका माग राखी आन्दोलन थालिएको हो ।

जस अन्तरगत बुधवार बिहान १० बजेदेखी २ बजे सम्म सवै स्थानिय तहमा हातमा कालो पट्टी बाधि धर्ना दिने, ५ गतेदेखि ९ गते सम्म सवै स्थानीय तहको कामकाज ठप्प पारी धर्ना दिने कार्यक्रम रहेको नेपाल नगरपालिका कर्मचारी एशोसियसनका केन्द्रिय उपाध्यक्ष जंगबहादुर जिसीले जानकारी दिए ।

यसैवीच कर्मचारीहरुको आन्दोलनका कारण आज मंगलवार घोराही उपमहानगरपालिकाको कामकाज प्रभावित भएको छ । घोराही उपमहानगरपालिकाको कार्यालयदेखि सवै वडाको कामकाज बिहान १० बजेदेखि १२ बजेसम्म ठप्प भएको एशोसियसनका नगर उपाध्यक्ष नारायणप्रसाद आचार्यले जानकारी दिए ।