तुलसीपुर, २ पुस । पुर्व पश्चिम राजमार्गको विकल्पका रुपमा निर्माण हुन थालेको मदन भण्डरी मार्गका लागि दाङ्गका चार स्थानीय तहका विच सहमति भएको छ । अहिले सञ्चालनमै रहेको सडकलाई छाडेर नयाँ ठाउँबाट राजमार्ग निर्माण गर्नका लागि तुलसीपुर र घोराही उपमहानगरपालिकाका साथै ववई र शान्तीनगर गाउँपालिकाका विचमा राजमार्गको रेखांकनका वारेमा सहमति भएको हो ।

news palika1स्थानीय तहहरुका विचमा भएको सहमति अनुसार पूर्वतर्फ घोराही उपमहानगरपालिकाको वडा नम्वर १७ को डबरी ड्यामदेखि सालघारीहुँदै अम्वापुर, पिपलबोट,मसिना, फुुर्सेखाली, सामुदायिक वन उपभोक्ता समितिको भवन हुँदै रानी जरुवा बाह्रकुने दह हुँदै घारोही तुलसीपुर आँखा अस्पताल सडक भएर तुलसीपुर उपमहानगरपालिकाको वडा नम्वर ३ डाँडाखुटी, भट्टे हुँदै वडा नम्वर १ को भमके देविथान, छोटे हुँदै सडकको रेखांकन गरिएको छ ।

यसैगरी सडकलाई शान्तीनगर गाउँपालिकाको वयाले, लालपुर, केराघारी, भलानेटी,रातीपोखनी, अम्वापुर, बगीयाका साथै बबई गाउँपालिकाको गैरीगाउँ, सुन्दरखाल, घट्टेखोला हुँदै सुर्खेत रोड जोड्ने गरी रेखांकन तथा निर्माणका लागि छिटो भन्दा छिटो निर्माण कार्य सञ्चालनका लागि सम्वन्धित निकायमा आग्रह गर्ने निर्णय समेत गरिएको छ । वैठकले रेखांकनका लागि सामुहिक रुपमा पहल गर्ने निर्णय गरेको प्रवक्ता श्याम डाँगीले जानकारी दिए ।