काठमाडौं, २९ मंसिर । नेपाल कम्युष्टि पार्टी (नेकपा)को आज वसेको स्थायी कमिटीको बैठकमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

Prachanda२२ पृष्ठ लामो उक्त प्रतिवेदनमा ऐतिहासिक पार्टी एकता, संगठनात्मक एकीकरण, सरकार सञ्चालनका नौ महिना, राष्ट्रिय राजनीतिक परिस्थिति, राजनीतिक दलहरुको भूमिका, केन्द्रीय सचिवालयहरुको निर्णयहरुको अनुमोदन, पार्टीका आन्तरिक जीवनलाई व्यवस्थित बनाउने सम्बन्धमा र आगामी कार्यभार बारेमा उल्लेख छ ।

आजको बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि अध्ययन गरी छलफल गर्न अर्को बैठक २०७५ पुस २ गते सोमबार बिहान ११ः०० बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने निर्णय गरेको छ ।