इन्द्रेणी संवाददाता
दाङ, २७ मंसिर । साविक राप्ती उपक्षेत्रीय अस्पताल विकास समितिअन्तर्गतका कर्मचारीहरुले आफूहरुलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रतिष्ठानमै समायोजन गर्नुपर्ने माग गर्दै गरिरहेको आन्दोलनमा प्रतिष्ठानमा आवद्ध सरकारी डाक्टरहरुले पनि एक्यवद्धता जनाएका छन् ।
कर्मचारीहरुले अस्पताल प्रतिष्ठानमा हस्तान्तरण भएसँगै ६ महिनासम्मको तलब समेत नपाएकाले काम गराएपछि पारिश्रमिक दिनुपर्ने सरकारी डक्टरहरुको भनाइ छ । साविक अस्पताल विकास समितिमा रहेर अस्पतालमा काम गर्दै आएको ६२ जना कर्मचारीहरुले गएको साउन १ गतेदेखि तलव नपाएको र सो तलवसँगै आफूहरुलाई प्रतिष्ठानमै समायोजन गरी रोजगारीको ग्यारेण्टी गर्न माग गर्दै कर्मचारीहरु आन्दोलित हुँदै आएका छन् ।
प्रतिष्ठानले आफ्नै हैकमवादी प्रबृति देखाएको कर्मचारीहरुले आरोप लगाएका छन् ।
यस्ता छन प्रतिस्ठानले गरेका गैरकानुनी काम












