इन्द्रेणी संवाददाता
दाङ, २६ मंसिर । दाङको तुलसीपुरमा गण्डकी विकास बैंकको शाखा स्थापना भएको छ । बैंकले ७१ औं शाखाको रुपमा बुधवार शाखाको स्थापना गरेको हो ।
शाखाको उद्घाटन तुलसीपुर उमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले गरेका थिए । शाखाको उद्घाटन गर्दै प्रमुख पाण्डेले उपमहानगरपालिकाभित्र बैंकहरुको आकर्षण बढ्नु सबैका लागि खुशीको कुरा भएको उल्लेख गर्दै बैंकलाई यहाँको जनताका लागि लगानी गर्न सुझाव दिएका थिए ।
बैंकका सञ्चालक बरिष्ठ अधिबक्ता कृष्णबहादुर थापा क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रेशमकुमार थापाले बैंकले ५० हजारदेखि माथि ऋण प्रबाह गर्न सकिने भन्दै नारी बचत, जनरल बचत, मोवाईल बैकिङ जस्ता सेवाहरु दिने जानकारी दिए ।











