काठमाडौं, २६ मंसिर । संवैधानिक परिषदको बैठक दोस्रो पटक पनि स्थगित भएपछि प्रधानन्यायाधीशको सिफारिस अन्योलमा परेको छ । भावी प्रधानन्यायधीस नियुक्तिका लागि सिफारिस गर्न बोलाइएको मंगलबार साँझको बैठक स्थगित भएपछि अन्योल बढेको हो ।
यसअघि मंसिर १७ गते बसेको बैठकमा कुनै निर्णय हुन नसकेपछि २२ गते बैठक बोलाइएको थियो । २२ गते शनिबार परेको भन्दै पुनः मंगलबारका लागि सारिएको थियो । तर अन्तिम समयमा आएर मंगलबारको बैठक पनि स्थगित भएको हो ।
प्रधानन्यायाधीशको विषयमा प्रधानमन्त्री केपी ओली र प्रतिपक्षी दलका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल नभएका कारण मंगलबारको संवैधानिक परिषदको बैठक स्थगित भएको बताइएको छ राजधानी दैनिकमा खबर छ । प्रधान न्यायाधीश रिक्त हुनुभन्दा एक महिनाअघि नयाँ प्रधानन्यायाधीसको नाम सिफारिस गर्नुपर्ने प्रावधान छ ।











