• गृह पृष्ठ
  • मुख्य समाचार
  • स्थानीय खबर
  • मनोरञ्जन
  • ज्ञान
  • रोजगार
  • विचार
  • प्रदेश खबर
  • साहित्य
  • सम्पादकीय
Search
Indrenionline.com
  •   वि.सं २०८३ असार १४ आईतवार
  •   वि.सं २०८३ असार १४ आईतवार
  •   Sunday,28,June,2026
  • गृह पृष्ठ
  • मुख्य समाचार
  • स्थानीय खबर
  • मनोरञ्जन
  • ज्ञान
  • रोजगार
  • विचार
  • प्रदेश खबर
  • साहित्य
  • सम्पादकीय
Home Breaking News विधान सभा चुनावमा भाजपा लाई ठूलो झड्का

विधान सभा चुनावमा भाजपा लाई ठूलो झड्का

केशरमान बुढाथोकी
-
२०७५ मंसिर २५ गते मंगलवार १८:२१ बजे
337
0
4
SHARES
ShareTweetSubscribe
काठमाडौँ : भारतका विभिन्न पाँच राज्यमा भएको विधान सभा निर्वाचनमा त्यहाँको सत्तारुढ दल भारतीय जनता पार्टीले नराम्रो झट्का ब्यहोरेको छ । आगामी लोकसभा निर्वाचनको प्राराम्भिक नतिजाका रुपमा हेरिएको यो निर्वाचनमा भारतीय जनता पार्टीले मध्यप्रदेशमा मात्रै झिनो अग्रता बनाएको छ ।

मध्यप्रदेशमा कांग्रेस अगाडि

मतगणनाको सुरुवाती नतिजा अनुसार मध्यप्रदेशको कुल २३० सिटमध्ये कांग्रेसले ११९ सिटमा अग्रता बनाइरहेको छ । यहाँ भाजपाले ९२ सिटसहित कांग्रेसलाई पछ्याइरहेको छ भने अन्य दल ११ सिटसहित अघि बढिरहेका छन् ।

मध्येप्रदेशको सुरुवाती मतपरिणाम अनुसार भाजपाले यहाँ ६६ सिट गुमाउने देखिएको छ । तर यसअघि निक्कै कमजोर रहेको कांग्रेसले ६२ सिट बढाएर भाजपको सत्तामा हत्याउने तर्फ अग्रसर भएको छ ।

छत्तीसगढमा भाजपाको बिजोग

माओवादी प्रभावित राज्य छत्तीसगढबाट आएको सुरुवाती नतिजामा कांग्रेसले बहुमत भन्दा धेरै सिट ल्याउने देखिएको छ । यहाँ बहुमतका लागि ४६ सिट चाहिने अवस्थामा कांग्रेसले सुरुवातबाटै ६७ सिटमा अग्रता बनाइरहेको छ ।

कांग्रेसलाई पछ्याइरहेको भाजपाले यहाँ १७ सिटमा सुरुवाती अग्रता बनाएको छ । यो राज्यमा भाजपाले ३२ सिट गुमाउने सुरुवाती आँकडा आउँदा कांग्रेसले २८ सिट थप्ने देखिएको छ । यहाँ अन्य दलले ६ सिटमा अग्रता बनाइरहेका छन् ।

राजस्थानमा कांग्रेसको सरकार

सन् २०१३ को निर्वाचनमा १६३ सिटसहित प्रचण्ड बहुमत पाएको भाजपालाई विपक्षी दल कांग्रेसले नराम्ररी पछार्ने देखिएको छ । कुल २०० सिट रहेको यहाँ बहुमतका लागि १०१ सिटको आवश्यकता छ । सुरुवाती अवस्थामा यहाँ कांग्रेसले १०० सिटमा अग्रता बनाएको छ । अर्थात् उसले अब एक सिटमा अग्रता बनाउँदै जितेको अवस्थामा बहुमत पक्का गर्नेछ ।

यहाँ सत्तारुढ दल भाजपाले ७० सिटमा अग्रता बनाउँदै २ सिटमा जित निकालेको छ । यहाँ अन्य साना दलले २६ सिटमा अग्रता बनाइरहेका छन् ।

तेलङ्गनामा भाजपाको झन् बिजोग 

भारतको दक्षिणी राज्य तेलङ्गनामा भाजपालाई प्रधानमन्त्री मोदीको जादुको उल्टो असर देखिएको छ । यहाँ तेलङ्गना राष्ट्र समिति (टीआरएस) पार्टीले ७३ प्रतिशत सिट जित्ने सुरुवाती आँकडा देखिएको छ । बहुमतका लागि ६० सिट चाहिने यहाँ टीआरएसले ८४ सिटमा अग्रता बनाइरहेको छ भने २ मा जित निकालिसकेको छ ।

टिआरएसलाई पछ्याइरहेको कांग्रेसले २० सिटमा अग्रता बनाएको छ । टीआरएस प्रचण्ड बहुमततर्फ अग्रसर भइरहेका बेला यो पटक कांग्रेसले यहाँ १७ सिट गुमाउने देखिएको छ ।

कांग्रेस दोस्रो स्थानमा अघि बढिरहेको अवस्थामा मोदीको दल भाजपाको भने यहाँ कन्तबिजोग भएको छ । अर्थात् मोदीको स्टारडमले यहाँका मतदातालाई छुँदै नछोएको कुरा प्रारम्भिक नतिजाले देखाएको छ । तेलङ्गनामा भाजपाले अहिलेसम्म केबल २ सिटमा मात्रै अग्रता बनाउन सकेको छ ।

मिजरोममा कांग्रेस बढारियो 

अर्को राज्य मिजरोममा पनि स्थानीय दलले बहुमत पक्का गर्ने देखिएको छ । अहिलेसम्मको नतिजामा मिजरोम नेशनल फ्रन्टले १८ सिट जितेको छ भने सात सिटमा अग्रता बनाएको छ ।

मिजरोमको सत्तारुढ दल कांग्रेस भने करिब पत्तासाफ भएको छ । यहाँ कांग्रेसले १ सिटमा अग्रता बनाएको छ भने ४ सिटमा जित निकालेको छ । सन् २०१३ को निर्वाचनमा ३४ सिट जितेर सत्ता चलाएको कांग्रेसलाई यहाँ स्थानीय दलले बढारेको हो ।

२०१३ को चुनावमा केबल ५ सिट जितेको मिजरोम नेशनल फ्रन्टले यस पटक २० सिट थप्दै शानदार बहुमत बनाउने देखिएको छ । ४० सिट रहेको यहाँ २१ सिट जितेमा बहुमत पुरा हुन्छ । यहाँ भाजपाले एक सिटमा अग्रता बनाएको छ । उसले अहिलेसम्म एक सिट पनि नजितेकाले उसको अवस्था यहाँ अत्यन्त नाजुक देखिएको छ ।  अन्नपूर्ण पोष्टबाट



Previous articleप्रथम रुकुमपूर्व पर्यटन सांस्कृतिक महोत्सवको तयारी पूरा
Next articleप्रधानन्यायाधीश सिफारिस अन्योलमा
केशरमान बुढाथोकी

RELATED ARTICLESMORE FROM AUTHOR

Feature Breaking news

गाडी दुर्घटनामा उपमेयर रानाको मृत्यु

Feature Breaking news

स्वर्गद्वारी नगरपालिकाका उपमेयरले चलाएको गाडी दुर्घटना

Feature Breaking news

रास्वपा उपसभापतिमा सोबिता गौतम निर्वाचित

Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.
Feature Breaking news

मेसी बने विश्वकपकै सर्वाधिक गोलकर्ता

0
Feature Breaking news

अज्ञात समूहद्धारा युवाको हत्या

0
Feature Breaking news

लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य

0
तस्विर

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा

0
तस्विर

प्रतिनिधिसभा बैठक २५ गते सम्मका लागि स्थगित

0
तस्विर

भूमि आयोग खारेज गरेर सरकारले बनायो ‘भूमि समस्या समाधान समिति’

0
तस्विर

मेयर सिंहलाई ४ लाख १५ हजार धरौटीमा छाड्न आदेश

0
तस्विर

अमर्यादित गविविधि गर्ने सांसदमाथि कारवाही गर्न समिति गठन

0
संरक्षक:
महेन्द्र बुढाथोकी
सम्पादक:
केशरमान बुढाथोकी
कार्यकारी सम्पादक:
उदय बिसी
इन्द्रेणी इन्टरनेशनल मिडिया प्रालि
घोराही- १५, दाङ
© Indreni International Media PVT. LTD. : 2015      Powered By: NetcomServer   Designed By: Gehendra Kanwar