काठमाडौं, ११ मंसिर। आज वस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक फेरि स्थगित भएको छ । प्रधानमन्त्री केपी ओलीसहित शीर्ष नेताहरुको व्यस्तता र तयारीको गृहकार्य नपुगेको जनाउँदै बैठक स्थगित गरिएको नेकपाले जनाएको छ ।

CPN-Party-officeप्रदेश नेतृत्वको पूर्णता र केन्द्रीय सदस्यको कार्यविभाजनमा शीर्ष नेताहरुबीच कुरा नमिल्दा सचिवालय बैठक पटकपटक सर्दै आएको छ ।कात्तिक ८पछि लगातार सर्दे आएको बैठक बिहिबार र शुक्रबार बसेको थियो तर त्यो बैठकले पनि नेतृत्व चयनबारे ठोस निर्णय गर्न सकेको थिएन ।