सल्यान, २८ कार्तिक । नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानले सल्यानको चाँदनी साततले गुफाको विकास र सरक्षणमा ध्यान पुर्याउन सम्बन्धीत निकायहरुलाइ अनुरोध गरेको छ ।

46073961_1567386120073018_3966192149401174016_oछत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ लेखपोखरास्थित गुफामा पुगेर बैठक बसी महासघले स्थानीय तह, प्रदेश तथा केन्द्र सरकारलाइ धार्मिक तथा ऐतीहाँसिक महत्व बोकेको अत्यन्तै रमणियस्थल चाँदनी साततले गुफाको विकासमा योजना ल्याउन ध्यानाकर्षण गरेको हो ।

बैठकले महासघको वार्षिक साधारण सभा आगामी मशिर ८ गते जिल्लाको कपुरकोटमा गर्ने निर्णय पनि गरेको छ । स्थानीय तह सग समन्वय गरेर कर्णालीको प्रवेशद्धार कपुरकोटमा महासघको वार्षिक साधारणसभा गर्ने निर्णय भएको महासघका जिल्ला अध्यक्ष प्रतिक इच्छुक शर्माले बताए ।

यस्तै २०५२ साल मसिर ४ गते पत्रकार महासघ जिल्ला शाखा गठन भएकोले सोही दिन मसिर ४ गतेको स्थापना दिवस विविध कार्यक्रम गरी मनाउने निर्णय पनि बैठकले गरेको छ । जसअनुसार मसिर ३ गते विहान जिल्ला अस्पताल सल्यान परिसरमा सरसफाइ, ४ गते महासघ जिल्ला शाखा स्थापनाका तदर्थ समितीका पदाधीकारी र पूर्व अध्यक्षहरुलाइ सम्मान गर्ने कार्यक्रम तय भएको महासघका उपाध्यक्ष भरतकुमार वस्नेतले जानकारी दिएका छन् ।