दाङ, २७ कार्तिक । गएको शनिवार वसको ठक्करबाट ज्यान गुमाएका दाङको ववई गाउँपालिका ५ ववरपुर निवासी मानसिंह वलीको आफन्तले कानुन वमोजिम मृतकका परिवारलाई क्षतिपुर्ति दिने सहमतिपछि शव बुझेका छन् ।

IMG_0963ना २ ख ९६३५ नम्बरको वसको ठक्करबाट ज्यान गमाएका २२ वर्षिया वलीका परिवारलाई क्षतिपुर्ति उपलव्ध गराउने सहमति भए पछि सोमवार मात्रै आफन्तले शव वुझेका जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रमुख रामप्रसाद घर्तीले बताए ।

वलीलाई शनिबार पर्यटकीय क्षेत्र पुरन्धारा झरना पिकनिक स्पटमा पिकनिक खाएर फर्किदै गर्दा उनकै घरअगाडि वसले ठक्कर दिएको थियो ।