इन्द्रेणी संवाददाता
दाङ, ३ असोज । दाङमा पनि चौथो संविधान दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । दिवसको अवसरमा घोराहीमा विहान प्रभातपफेरि गरियो । दिवस मूल आयोजक समारोह समितिको आयोजनामा गरिएको प्रभातफेरिपछि अन्तक्र्रिया कार्यक्रमको आयोजना गरियो ।
अन्तक्र्रियामा बोल्ने वक्ताहरुले जनताको संघर्ष र सहिदहरुको वलिदानबाट प्राप्त भएको संविधानलाई अक्षरस कार्यान्वयनमा ल्याएर अब मुलुकलाई संमृद्धिको बाटोतर्फ लैजानुपर्नेमा जोड दिए । उनीहरुले सबैले आ–आफ्नो क्षेत्रबाट संविधान कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए ।
जिल्ला समन्वय समितिका सभापति एवं दिवस मुल समारोह समितिका संयोजक जितेन्द्रमान नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद अमरबहादुर डाँगी, प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ, घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी, नेकपाका मनोहर बुढाथोकी, कांग्रेसका शंकरप्रसाद डाँगी, जिल्ला बारका अध्यक्ष प्रदिपकुमार गौतम, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसाललगायतले आफ्ना विचार व्यक्त गरेका थिए ।











