काठमाडौँ, २५ भदौ । प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको आज सुनुवाइ गर्दैछ । समितिले आइतबार मिश्रविरुद्ध उजुरी दर्ता गर्ने उजुरकर्तासँग छलफल गरेको थियो । समितिले सोमबार आज बिहान ९ बजे सुनुवाइका लागि मिश्रलाई बोलाएको छ ।
संसदीय सुनुवाइ समितिका सभापति (ज्येष्ठ सदस्य) लक्ष्मणलाल कर्णले प्रस्तावित प्रधानन्यायाधीशलाई सोमबार बिहान ९ बजे सुनुवाइका लागि बोलाइएको बताए । कर्णले भने, ‘हामीले प्रस्तावित प्रधानन्यायाधीशको सोमबार सुुनुवाइ गर्ने निर्णयअनुसार बिहान ९ बजे बोलाएका छौँ ।’
समितिमा मिश्रविरुद्ध अब तीन उजुरी विचाराधीन छन् । जसमा एक उजुरीमा सशस्त्र प्रहरीका तत्कालीन डिआइजी रञ्जन कोइरलाको मुद्दाको विषय उठाइएको छ । मुद्दामा आफ्ना नातेदारको पक्षमा हुनेगरी आदेश गरेको आरोप लगाइएको छ ।











