घोराही, २४ भदौ । एउटै छानामुनि सबै प्रकारका घरेलु प्रयोजनका सामाग्री उपलब्ध गराउन भिङ्ग्रेली चोक घोराहीमा टि मार्ट मार्केटको शुभारम्भ भएको छ ।
दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुषालले शनिवार उक्त सुपरमार्केटको औपचारीक उद्घाटन गरे । परम्परागत व्यापार शैलिलाई आधुनिकतामा बदल्न टि मार्ट सफल हुने कार्यक्रमका प्रमुख अतिथि भुषालले आशा व्यक्त गरे।
प्रिन्ट मुल्यमा सामान दिने, मासु तरकारी लगाएत हरेक चिज व्यवस्थित गरीएको आधुनिक पसल खुलेको टिप्पनी गरे ।
यो करीव एक करोडको लगानीमा सञ्चालनमा आएको हो ।











