काठमाडौं, २३ भदौ। गोर्खाको मनास्लु क्षेत्रमा पर्यटक छाडेर काठमाडौं फर्किँदै गरेको अल्टिच्युड एरलाइनसको हेलिकोप्टर नुवाकोटको म्यागङमा दुर्घटना भएको छ ।
हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित पाँच जना नेपाली र एक जना जापानीज नागरिक रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ ।
हेलिकोप्टरमा रामेछापका ४० वर्षीय दिल्ली बहादुर गुरुङ, दोलखाका ३७ वर्षीय हिरा शेर्पा, गोर्खाको चुमनुब्री गाउँपालिका २ का ल्हो आनी डोल्पा डिकी, गोर्खाको सामागाउँ चुमनुब्री सम्दो १ का छोवाङ नुर्बु, सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ, पाइलट निश्चल केसी र जापानी नागरिक हिरोमी कोमात्सु छन् । उनीहरुको अवस्था कस्तो छ भन्ने खुलिसकेको छैन ।











