दाङ, २२ भदौ । हिन्दुहरुको महान् पर्व हरितालिका तीजलाई मध्यनजर गर्दै शुक्रवारदेखि घोराहीमा तीज महोत्सव शुरु भएको छ ।

IMG_1339अनाथ बालबालिका सहयोगार्थ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दाङको आयोजनामा ‘तीज विशेष सांस्कृतिक महोत्सव २०७५’ शुरु भएको हो । तीज संस्कृति संरक्षण एवं तीजमा मनोरञ्जनकालागि महोत्सवको आयोजना गरिएको आयोजकले बताएको छ ।

२८ गतेसम्म हुने महोत्सवको राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले उद्घाटन गरे । महोत्सवको उद्घाटन गर्दै प्रमुख अतिथि देवकोटाले तीजले नेपालीहरुमा सद्भाव र एकता कायम गर्ने बताइन् ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दाङका अध्यक्ष एवं आयोजक मूल समितिका संयोजक प्रेम शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यउक्ष सविन प्रियासनले यस्ता महोत्सवले संस्कृतिको संरक्षण गर्ने बताए ।