काठमाडौं, १८ भदौ । नेपाल चिकित्सक संघले ६ हजार चिकित्सकको लाइसेन्स )चिकित्सक प्रमाणपत्र) आइतबार नेपाल मेडिकल काउन्सिललाई बुझाएको छ ।

dddसंघले सरकारले मुलुकी अपराध संहिता ऐन २०७४ को ‘इलाजसम्बन्धी कसुर’ सच्याउन गरेको प्रतिबद्धता पूरा नगरेको भन्दै आइतबार देशभरका १६ शाखाबाट संकलन गरिएको लाइसेन्स काउन्सिलमा फिर्ता गरेको हो । राजधानीमा खबर छ ।

माइतीघर मण्डलामा विरोध प्रदर्शनपछि संघले बाँसबारीस्थित नेपाल मेडिकल काउन्सिल पुगेर कार्यवाहक अध्यक्ष डा. नारायणविक्रम थापालाई लाइसेन्स बुझाएको संघका महासचिव डा. लोचन कार्कीले जानकारी दिए ।

नयाँ मुलुकी अपराध संहितामा चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएमा ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिबाना तथा हेलचेक्र्याइँले मृत्यु भएमा ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिबानाको व्यवस्था गरेपछि चिकित्सक आन्दोलित हुँदै आएका छन् । सो संहिता १ भदौबाट लागू भएको छ ।

संघले भने संहितामा सजाय हुने व्यवस्था संशोधन गरेर लापरबाही भए या नभएको पुष्टि गर्न विशेषज्ञ समिति बनाएर छानबिन गर्नुपर्ने शब्द थप गर्न माग गर्दै आएको छ ।