ef/tsf] /fhsLo e|d0fdf /xg'ePsf k|wfdGqL s]kL zdf{ cf]nLnfO{ gofF lbNnLl:yt /fi6«klt ejgdf :jfut ub}{ ef/tsf k|wfgdGqL g/]Gb| df]bL . t:aL/ M lbNnLl:yt g]kfnL /fhb"tfaf; .

काठमाडौँ, १६ भदौ । रक्सौल–काठमाडौँ रेलमार्ग निर्माणका लागि नेपाल र भारतबीच द्विपक्षीय समझदारी भएको छ । दुई मुलुकबीच प्रस्तावित उक्त रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन (प्रि फिजिविलिटी स्टडी) का लागि समझदारी भएको हो ।

ef/tsf] /fhsLo e|d0fdf /xg'ePsf k|wfdGqL s]kL zdf{ cf]nLnfO{ gofF lbNnLl:yt /fi6«klt ejgdf :jfut ub}{ ef/tsf k|wfgdGqL g/]Gb| df]bL . t:aL/ M lbNnLl:yt g]kfnL /fhb"tfaf; .
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले नेपाल र भारत सरकारबीच शुक्रबार काठमाडौँमा रक्सौल–काठमाडौँ जोड्ने प्रस्तावित रेल सञ्जाल सम्बन्धी प्रारम्भिक इन्जिनियरिङ एवं ट्राफिक सर्वेक्षणको ‘ब्रोड गेज लाइन’ समझदारी पत्र आदान प्रदान भएको हो ।

दुबै मुलुकका प्रधानमन्त्रीद्धय ओली र मोदीको उपस्थितिमा नेपालका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव मधुसदन अधिकारी र नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।

यसअघि दुई मुलुकका प्रधानमन्त्रीबीच यो रेलमार्ग निर्माणलाई अघि बढाउने सैद्धान्तिक प्रतिबद्धता भएपनि सरकारी स्तरमा कुनै औपचारिक समझदारी भएको थिएन । दुई मुलुकको प्रधानमन्त्रीबीच भएको सहमति कार्यान्यवन गर्नका लागि नै यो समझदारी ९एमओयु० भएको बताइएको छ । यस ‘एमओयु’ पछि भारतीय पक्षले ‘प्रि फिजिविलिटी स्टडी’ थाल्ने मन्त्रालयले जनाएको छ ।

समझदारीपत्र बमोजिम पहिलो चरणमा नेपाल सरकारको परामर्शमा भारत सरकारले एक वर्षभित्र सर्वेक्षण कार्य सञ्चालन गर्न सहमत भएको छ । त्यसैगरी, यसपछि दुबै पक्षले विस्तृत् परियोजना प्रतिवेदन (डीपीआर) मा आधारित भई कार्यान्वयन तथा लगानीको ‘मोडालिटी’ लाई अन्तिम रुप दिनेछ ।