काठमाडौँ, ८ भदौ । पार्टीको विधान संशोधन गर्न नेपाली काँग्रेसले महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा ११ सदस्यीय विधान संशोधन मस्यौदा समिति गठन गरेको छ ।

purna-khadakaकेन्द्रीय कार्यसमितिको २०७५ वैशाख १६ गतेको बैठकले विधान मस्यौदा समिति गठन गर्ने निर्णय गरेको झण्डै चार महिनापछि नामावली तय गरिएको हो ।

समितिको सदस्यमा डा। मीनेन्द्र रिजाल, फरमुल्लाह मंसुर, मानबहादुर विश्वकर्मा, दिलेन्द्रप्रसाद बडू, महालक्ष्मी उपाध्याय डिना, आनन्दप्रसाद ढुंगाना, नवीन्द्रराज जोशी, सीता गुरुङ, प्रदीप पौडेल र रमेश लेखक रहेका छन् ।