इन्द्रेणी संवाददाता
दाङ, ८ भदौ । दाङका सुनचाँदी पसल आजदेखि बन्द हुने भएका छन् । नेपाल सुनचाँदी व्यावसायी संघ दाङको घोराहीमा बसेको वैठकले आज शुक्रवारदेखि आइतवारसम्म सुनचाँदी पसल बन्द गर्न निर्णय गरेको हो ।
संघ दाङका अध्यक्ष विनोद विश्वकर्माका अनुसार जिल्लामा सुनको अभाव भएपछि पसल बन्द गर्न लागिएको हो । बजारमा सुनको माग अत्याधिक बढेको बताउँदै सुनको अभाव हुँदा माग अनुसारको सुन ग्राहकलाई उपलव्ध गराउँन नसक्दा पसल बन्द गर्न लागेको अध्यक्ष विश्वकर्माले जानकारी दिए ।
सरकारले सुनमा सिन्डिकेट लगाएको हुदा पछिल्लो समय सुन अभाव देखिएको वताउँदै तत्काल सिन्डिकेट खारेजीको माग गरेका छन् । चार्डपर्व नजिक आउदै गर्दा सुनका गरगहना अत्यधिक माग भैरहेको वताउँदै सरकारले व्यापारीलाई समयमै सुन उपलव्ध गराउन नसक्दा समस्या भएको नेपाल सुनचादी व्यावसायी संघका केन्द्रीय सदस्य धुव्रकुमार गतहराजले बताए ।











