इन्द्रेणी संवाददाता
दाङ, ६ साउन । घोराही उपमहानगरपालिका १४ मा नमुना विद्यालय स्थापनाका लागि १६ बुँदे प्रतिद्धता पत्र निर्माण गरिएको छ । वडामा संचालित सामुदायिक विद्यालयका प्रधानध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहभागितामा उक्त प्रतिद्धतापत्र निर्माण गरिएको ।

schoolवडामा संचालित विद्यालयमा नमुना विद्यालयमा रुपमा संचालन गर्नका लागि यो अभिभयान संचालन गरिएको वडा नं. १४ का अध्यक्ष शक्तिराम डाँगीले जानकारी दिए । उक्त प्रतिबद्धता पत्रमा शिक्षक र विद्यार्थी १० बजे अनिवार्य रुपमा विद्यालयमा उपस्थित हुनपर्ने, कक्षा कोठामा शिक्षकले पाठ्यक्रम अनुसारको शैक्षिक सामग्री अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने, भयरहित र पूर्ण वालमैत्री कक्षाका रुपमा पठन÷पाठन संचालन गर्नुपर्न, विद्यार्थीहरुलाई सुरक्षित खानेपानीको व्यवस्था गर्ने, विद्यालय परिसर र कक्षाकोठा पूर्ण सरसफाईको व्यवस्थापन र बिद्यालय परिसरमा पुष्पवाटीका निर्माण गर्नुपर्ने, बिद्यार्थी र शिक्षकका लागि शौचालयको राम्रो व्यवस्थापन गर्नुपर्ने अध्यक्ष डाँगीले बताए ।

यसका साथै लागु औषध दुर्बेसनी मुक्त गर्नका लागि प्रत्येक विद्यालयमा फोकलपर्सन तोक्नुपर्ने । शिक्षक बिदामा बस्दा एकदिन अगाडि बिदा स्वीकृत गर्नुपर्ने, बिद्यार्थीहरुबाट शुल्क उठाएर कामगर्दा वडा कार्यालयलाई लिखित जानकारी गराउनुपर्ने, प्रत्येक महिना विद्यालय व्यवस्थापन समितिको बैठक अनिवार्य बस्नुपर्ने, प्रत्येक विद्यालयको आय÷ब्ययको विवरण लिखित रुपमा वडा कार्यालयलाई जानकारी गराउनुपर्ने, शिक्षकले विद्यार्थीसंग प्रत्येक दिन एउटा अंग्रेजी शब्द बोल्न र विद्यार्थीलाई लेखेर ल्याउन लगाउने, विविध विषयमा अन्तर विद्यालय प्रतियोगीता संचालन गर्ने, शुरक्षित खानोपानी वितरणका लागि सबै बिद्यालयहरुमा अनिर्वाय युरोगार्डको व्यवस्थापन र तत्काल शौचालयको व्यवस्थापन समेत उनले वताए ।

साथै विद्यार्थीहरुका लागि प्रत्येक विद्यालयमा संस्कारीक पठन ÷पाठनको व्यवस्था गर्नुपर्ने, विद्यालयमा जातीय छुवाछुत तथा विभेद सम्बन्धी अन्तरक्रिया र पठन पाठन संचालन गर्नुपर्ने समेत अध्यक्ष डाँगीले जानकारी दिए ।

त्यस अबसरमा बोल्दै घोराही उपमहानरपालिका शिक्षा महाशाखा प्रमुख नारायणप्रसाद पौडेलले यस आर्थिक बर्षमा घोराहीकमा पाँच सामुदायिक विद्यालयहरुलाई नमुना विद्यालयका रुपमा स्थापना गर्नका लागि आफु लागेको वताए ।