इन्द्रेणी संवाददाता
रुकुम २ साउन । पुर्वी रुकुममा भएको जिप दुर्घटनामा मर्नेको संख्या सात पुगेको छ ।

accdentअहिलेसम्म मृत्यु हुने मध्ये चार जनाको सनाखत भएको छ । जसअनुसार पुथा गाउपालिका २ का किरण पुन, पुथा–१ का कुमार पुन १ कै बुद्धिराज पुन र पुथा–१२ की तृसना तुलासन रहेको बताइएको छ ।

अन्य ३ जनाको सनाखत हुन बाँकी रहेको पूर्वी रुकुम प्रहरीले जनाएको छ । घाइते सात जनामध्ये चार जनालाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगिएको प्रहरीले जनाएको छ । ती मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।

पुर्वी रुकुमको सदरमुकाम रुकुमकोटबाट धौलापैराका लागि छुटेको लु १ ज २५७३ नम्बरको जिप सडकबाट करिव २५० मिटर तल खसेर दुर्घटना भएको हो ।