तुलसीपुर २५ असार । कानून पालना नगरेर ठुलो भईन्छ भन्ने सोँचले गर्न समाजमा अपराधिक गतिबिधि बढिरहेको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । पछिल्लो समयमा हरेक क्षेत्रमा कानुन मिच्ने ब्यक्ति ठुलो भन्ने सोँचले गर्दा कानुन पालन नगर्नेको संख्या धेरै रहेको बक्ताहरुले बताएका हुन् । त्यही सोँच अनुसार ट्राफिक नियम पालन नगर्नेहरु धेरै रहेको ट्राफिक सचेतना सम्बन्धि प्रशिक्षणमा जानकारी गराईएको थियो ।

पछिल्लो समय ठुलो भईन्छ भन्ने नाममा हेलमेट नलगाएर गाडि चलाउने, तिब्र गतिमा गाडि चलाउने, जहाँ पायो त्यहीबाट ओभरट्याग गर्ने, लाईसेन्स, बिलबुक नबोक्ने प्रबृद्धि बढ्दै गईरहेको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका असई रुद्र बहादुर बस्नेतले बताए । सवारी चालकले ट्राफिकका नियम पालन गरिदिनु पर्ने जस्तो ब्यबहार देखाउने गरेको भन्दै त्यसले आफैलाई नोक्सान पु¥याउने उनको भनाई थियो । ट्राफिक नियमपालन नगरेर सवारी चलाउदा दुर्घटना हुने र दुर्घटना हुँदा आफ्नो ज्यानसमेत जान सक्ने भन्दै यसमा सवारी चालक आफै सजग हुनुपर्ने उनको भनाई थियो ।

त्यस्तै ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब निरिक्षक राम बहादुर जिसीले लागु औषधले आफ्नौ स्वास्थ्य र परिवारमा कलह मच्चाउने भएकाले यसको सेवन नगर्न युवारुलाई सुझाब समेत दिए । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको दुर्घटना न्यूनिकरणका लागि ट्राफिक सचेतना कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् । साथै प्रशिक्षण पछि ट्राफिक नियमका बारेमा प्रयोगात्मक जानकारी लिईएको थियो । पैदल यात्रुले जेब्रा क्रसिङ कसरी पार गर्ने, सवारी साधन कुन ठाउमा कसरी चलाउने, कुन क्षेत्रमा कति गतिमा सवारीचलाउनेलगायतका बिषयमा प्रयोगात्मक गरिएको थियो ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष नवराज लामिछानेको अध्यक्षता तथा युवा समिति दाङका अध्यक्ष सुरेश रावतको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । त्यस अवसरमा प्रमुख अतिथि रावतले युवाहरुलाई यसरी सचेतना मुलक कार्यक्रम गर्नुपर्ने बताए । युवाहरुनै देश निर्माणका कडी भएको भन्दै उनीहरुलाई सकारात्मक दिशामा अगाडि बढाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । युवाहरुलाई सही मार्गमा हिडाउन यस्ता प्रशिक्षणले महत्वपूर्णं भूमिका निर्वाह गर्ने बताए । वडा नम्बर ६ का युवाहरुलाई प्रशिक्षण दिईएको हो । कार्यक्रमको सहजीकरण वडा सदस्य दुजमान भण्डारी‘बर्षाद’ले गरेका थिए ।